मारिएको चौध वर्षपछि शव उत्खनन् गरी दाहसंस्कार

दैलेख, चैत १८ । दैलेखको महावु गाउँपालिका वडा नं ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि उत्खनन् गरेका छन् ।

सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन शाही सेनाबाट हत्या गरी बेपत्ता पारिएको शाहीको शव आफन्तले खेजेका हुन् । शाहीको औपचारिक दाहसंस्कार गरिएको छ ।

विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको र अन्यलाई छाडिदिएको भए पनि शाहीलाई चरम यातना दिएर मृत्युपछि उनको शव धरमपोखरा जंगलमा गाडेको थियो ।

शाहीसहित १२ जनालाई सेनाले गिरफ्तार गरेको भएपनि अरुलाई छोडेको र उनलाई आँखा फुटाएर क्रुरतापुर्वक हत्या गरिएको आफन्तले जनाएका छन् । बुवाको हत्यापछि परिवार विचल्लीमा परेको, आफुहरु विस्थापित भएको र भेट्नसमेत कोही नआएको ऐनबहादुरका माहिला छोरा बृखबहादुरले गुनासो गरे ।

दैलेख द्वन्द्वका बेला जिल्लामा २ सय ७० मानिस राज्यपक्षबाट मारिएको माओवादी नेताले जिकिर गरेका छन् । माओवादी पक्षबाट भने सोही हाराहारीमा मारिएको अनुमान छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *