प्रहरी जवान ढुङ्गानाकी श्रीमतीले गरिन् आत्महत्या

इनरुवा, चैत १८ । ११ महिना अघि प्रेम विवाह गरेकी एक युवतीले शुक्रबार राती झुण्डिएर आत्महत्या गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत्त प्रहरी जवान उदित ढुगांनाकी श्रीमती १९ बर्षिया पार्वती दाहालले घरको कोठा भित्र झुण्डिएर आत्महत्या गरेकी हुन् ।

पार्वतीले श्रीमान उदितलाई रातीको ड्युटीमा पठाई घरको कोठा भित्रबाट चुकुल लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पार्वतीले तपाई ड्युटीमा जानुस भनी आफूलाई घरबाट पठाएको र राती २ बजे कोठामा जाँदा झुण्डिएको देख्दा प्रहरीलाई खबर गरिएको उनका श्रीमान उदित ढुगांनाले बताए ।

पार्वतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ । यता जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *