धनगढी प्रिमियर लिगमा आज दुई खेल हुँदै 

धनगढी, चैत १८ । धनगढीमा जारी प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । आज रुपन्देही च्यालेन्जर्स र सीवाईसी अत्तरिया तथा महेन्द्रनगर युनाइटेड र बिराटनर किंग्सबीच खेल हुने आयोजकले जनाएको छ ।

आजको पहिलो खेलमा रुपन्देही र अत्तरियाबीच खेल हुनेछ । आयोजकका अनुसार दोस्रो खेलमा महेन्द्रनगर र बिराटनगर खेल्नेछन् ।

प्रतियोगिता अन्तर्गत काठमाण्डौ गोल्डेन्सले विजयी सुरुवात गरेको छ । हिजो भएको उद्धघाटन खेलमा साविकको विजेता टिम चौराहा धनगढीलाई सात विकेटले पराजित गर्दै काठमाण्डौले विजयी सुरुवात गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *