अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ मा ८० प्रतियोगी छनौट (फोटो फिचर)

काठमाडौं, चैत १७ । वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा  रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले ७ वर्षदेखि निरन्तररुपमा आयोजना हुदै आएको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस’ प्रतियोगिताको शनिबार भएको अडिसनमा १०० वाट ८० जना प्रतियोगीहरुलाइ छनौट गरीएको छ ।

प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व्यूटी क्वीन नेपालकी विजेता सुदिक्षा भट्टराई,मिस टिन कलेज २०१५की विजेता कुसुम थापा ,मिस इकलेज २०१७ कि विजेताहरु युनिता खत्री सोफीया श्रेष्ठ,आस्मी गौतम , मिसेस व्यूटी क्वीन नेपाल फोर्थ रनरअप कृष्टी वानियाँ लगायत लगायत रहेका थिए ।

प्रतियोगीहरुको प्रशिक्षण १८ चैतबाट सुरु हुने आयोजक सँस्था सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी गराएका छन् । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने पनि वन्तले जानकारी गराए ।

प्रतियोगीहरुलाई चन्द्रागिरी हिल्स ,साँगा स्थित काठमाडौं फन भ्याली, भक्तपुर दरवारक्षेत्र, छाउनी सँग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखान वालगृह, नेपाली फिल्म,नाटक,नारायणहिटि दरवार संग्राहालय लगायतको विभिन्न स्थानको भ्रमण गराईने छ । भने हर्स राइडिङ विभिन्न खेलहरु साथै प्रतियोगीतात्मक कार्यक्रमहरु गरिने छ ।

प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । यो प्रतियोगिताको सम्पूर्ण प्रतियोगीको ड्रेस डिजाईन अफिसियल डिजाईनरको रुपमा भुमी कलेक्सनले गर्दैछ ।

अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१८ को चयन भने २०७५ साल १० गते राष्ट्रिय नाचघर जमलमा  भव्य समारोह माझ हुने छ । यो प्रतियोगितामा अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१८ की वितेजाले मोवाइल फोन, साईकल साथै अन्य  विभिन्न उपहार प्राप्त गर्नेछिन् । यस्तो सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *