के तपाईं गरीब हुनुहुन्छ ? यो पढ्नुहोस्

“धनको अभावले भड्किएको मन बोकेर एकपटक एकजना युवा रुसी लेखक टल्सटोयसामु दुःख पोख्न आए । उनले आफ्नो दुःख पोख्न थाले, ‘महाशय, तपाईं मलाई सहायता गर्नुस् । म धेरै चिन्तित छु । मसँग यतिबेला फुटेको कौडी पनि छैन ।’

युवकको समस्या सुनेपछि सहजरुपमा प्रस्तुत हुँदै टल्सटोयले भने, ‘युवक! तिमी चिन्ता नलेऊ, मेरो एउटा निकै मिल्ने साथी व्यापारी छ । उसले तिमीलाई सहयोग गर्नसक्छ । मानिसको आँखा किन्ने मेरो साथीले तिम्रो आँखाको मूल्य २० हजार दिनेछ । जाऊ, आफ्ना आँखा बेच र पैसा कमाऊ ।’

युवक हच्कियो र डराउँदै भन्यो, ‘हैन, म आफ्नो आँखा बेच्न सक्दिनँ ।’ टल्सटोयले थप गम्भीर स्वरमा अगाडि थपे, ‘आँखा नबेच्ने भए पनि केही छैन । उसले हात पनि किन्छ । तिम्रो हातको मूल्य उसले १५ हजार त दिनेछ ।’

उनको भनाइ सुनेपछि सो युवकले डरायो अनि रिसले मुर्मुरिएर भन्न थाल्यो, ‘मलाई तपाईंबाट यस्तो जवाफको अपेक्षा गरेको थिइनँ । मैले त तपाईंबाट निकै ठूलो सहयोगको अपेक्षा गरेर पो आएको थिएँ ।’

युवक रिसाएको देखेर पनि विचलित नभई टल्सटोयले भने, ‘मलाई तिम्रो समस्याको अनुभूति छ । यसैले म भन्दै छु तिम्रो लागि यस्तो सौदा धेरै राम्रो हुनेछ । यदि तिमीलाई सम्पन्न बन्नु छ भने एक लाख रुपैयाँ लिएर आफ्नो सारा शरीर बेचिदेऊ । सधैँका लागि समस्याबाट छुट्कारा मिल्नेछ ।’

‘एक लाख त के म एक करोडमा पनि आफ्नो अमूल्य शरीर बेच्दिनँ,’ सो युवकले चिच्याउँदै भन्यो ।टल्सटोयले मुस्कुराउँदै भने, ‘जुन मानिसले आफ्नो शरीर एक करोडमा पनि बेच्न सक्दैन, त्यो मानिस आफूसँग केही छैन भन्दै छ ।’

यो सम्पूर्ण शरीर नै त हो हाम्रो सम्पत्ति । इमानदारीपूर्वक मिहिनेत गर । सुनचाँदी त के चन्द्रसूर्य नै तिम्रो हातमा आउन सक्छ ।’त्यो युवकले बल्ल टल्सटोयको भनाइको रहस्य बुझ्यो र भन्यो, ‘म तपाईंप्रति आभारी छु । आज तपाईंले मेरा आँखा खोलिदिनुभयो ।’”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *