डेजाबु क्लबका बार मेनेजरको दुई नम्बरी काम

काठमाडौं , चैत्र १८ । राजधानीको एक चर्चित डिस्को बारका सहायक मेनेजरले युवतीहरुलाई जागिर लगाईदिने भन्दै यौन शोषण गर्ने गरेको खुलेको छ । दरबारमार्ग स्थित डेजाबु क्लबका सहायक बार मेनेजरले जागिर लगाई दिने वहानामा दर्जनौ युवतीहरुलाई यौन प्रस्ताब राख्ने गरेका मात्र छैनन्, केही ठूला घराना र बैंकिङ क्षेत्रका ब्यवसायीलाई समेत युवती सप्लाई गर्ने गरेका छन् ।

आफुलाई डेजाबुको मेनेजर भन्दै ‘खुसी पारे राम्रो तलबमा काममा राख्ने’ भन्दै डेजाबुका बार मेनेजर निरज गौतमले युवतीहरुलाई यौन शोषण गर्ने गरेको तथ्य खुलेको हो ।

उनले दर्जनौ युवतीहरुलाई डाईरेक्ट रुपमा ‘काम गर्ने हो भने आफुलाई कम्पनी’ (यौन सम्पर्क) दिनुपर्ने बताउँदै फोन गर्ने र म्यासेज पठाउने गरेको युवतीहरुले बताउने गरेका छन् ।

एक साताअघि नमिता अधिकारीलाई (नाम परिवर्तन) मोवाईलमा म्यासेज गरी आफुले धेरै केटीहरुलाई ठूला कम्पनीहरुमा काममा लगाई दिएको र त्यस वापत उनीहरुले एक दिनको कम्पनी (यौन सम्पर्क) गर्न दिएको भन्दै म्यासेज पठाएका थिए ।

काम पाउने आशमा निज निरज गौतमको सम्पर्कमा गएका दर्जनौं युवतीलाई जागिरको लोभमा फसाएर यौन कार्य गर्दै आएका उनले ती युवतीलाई म्यासेन्जरमा बेलुकी नुवाकोट जान प्रस्ताब गरेका छन् ।

उनले ती युवतीलाई अङ्ग्रेजी रोमन भाषामा ‘Couple of drink together k’ भन्दै फकाएका छन् । ती युवतीले ‘एक्लै आउने तर, राती नबस्ने’ भनेपनि गौतमले पुनः ‘राती बाहिर बसे’ उनको लागि धेरै फाईदा हुने भन्दै प्रलोभन देखाएका छन् ।

त्यसपछि ती युवतीले दिउसो जाने भनेर प्रस्ताव गर्छिन् । गौतमले ‘रेष्टुरेन्ट जाने की रुम ?’ भनेर प्रश्न गर्छन् । युवतीले आफु त्यस्तो केटि नभएको भन्दै पन्छिन खोजेपछि गौतमले आफ्नो अफर लत्याए युवतीलाई नै घाटा हुने भन्दै ‘नुवाकोट जाउँ अनी राती ११ बजेपछि फर्कौला’ भन्दै फकाएका छन् ।

गौतमले त्यसरी एकोहोरो बाहिर जाउँ भनेपनि ती युवतीले ‘किन जाने नुवाकोट दाई ?’ भन्दै ‘तपाईले कामको कुरा गर्नुभएको अनी नुवाकोटमा कस्तो कुरा गर्नु दाई’ भन्दै प्रश्न गरेकी छिन् ।

त्यसपछि युवतीले गौतमलाई ‘हेर्नुस दाई तपाईले मलाई कामको लागि भन्नु भएको त्यो, विषयमा म पोजेटिभ छु, तर, त्यस वापत अरुनै फाईदा लिन खोजेको हो भने आईएम सरी’ भनेकी छिन् । त्यसपछि गौतमले ती युवतीलाई ‘कम्प्रोमाईज गर्न नसक्नेले केहि नपाउने’ आफु खुल्ला विचारको मान्छे भएको र यस अघिपनि धेरैले मानेको भनेका छन् ।

ती युवतीका अनुसार बार मेनेजर गौतमले आफुलाई डेजाभूको मेनेजर (मालिक) भन्दै युवतीहरुलाई काम खोजिदिने भन्दै यौन शोषण गर्ने गरेका छन् ।

स्रोतका अनुसार दुई महिना अघि एक युवतीलाई उनले बैंकका मेनेजरलाई खुसी बनाए जागीर पाउँछौं भन्दै त्यसका लागि एक दुई रात आफुसँग बस्नुपर्ने बताएका थिए ।

स्रोतका अनुसार गौतमका सम्पर्कमा आएका धेरै युवतीलाई उनले शिकार बनाईसकेका छन् । विशेष गरी राजधानी बाहिरबाट कलेज पढ्न आउने र पार्ट टाईम ‘जब’ पनि गर्न चाहने युवतीलाई गौतमले शिकार बनाउने गरेका छन् ।

शुरुमा मिठो बोल्ने, सम्बन्ध बनाउने अनी कामको कुरा गर्ने निरजले आफुसँग ठूल्ठूला ब्यापारी र बैंकका मान्छेहरु सम्पर्कमा रहेको भन्दै युवतीहरुलाई प्रलोभनमा पार्ने गरेका छन् ।

आकर्षक तलब सहित काम खोजिदिने भनेर प्रस्ताव गरेपछि राजधानीमा उच्च शिक्षा हासिल गर्न आएका युवतीहरु सिधै गौतमको जालमा फस्ने गरेको स्रोतको दावि छ । स्रोतले दिएको जानकारी अनुसार डेजाबुमा नियमित जाने केहि ग्राहकलाई निरजले ‘माल’ भन्दै युवतीहरु सप्लाई गर्ने गरेका छन् ।

पिडित युवती भने, समाज र परिवारजनको बद्नाम हुने डरले कानुनी उपचारका लागि जान चाहन्नन् । डेजाभूका बार मेनेजर गौतमले भने, त्यस्तो ठूलो कुरा नभएको भन्दै ‘तपाईलाई रङ इन्फरमेशन आएको’ बताए । उनले आफुले त्यस्तो गलत तवरले म्यासेज नपठाएको जिकिर गरे । तर, मकालु खबरसँग उनले केही युवतीलाई पठाएको म्यासेजको स्कृनसर्ट सुरक्षित छ ।

महानगरीय बृत्त दरबारमार्गका प्रमुख डिएसपी दान बहादुर मल्लले यदी पिडित युवती प्रहरीको सम्पर्कमा आए पिडकलाई पक्राउ गरी अनुसन्धान गर्ने बताए । मल्लले ती युवतीको नाम ठेगाना गोप्य राखेर अनुसन्धान गर्ने बताए । ‘यस्तो केस साईवर अपराधसँग जोडिएको हुन्छ, यदी ती युवती हाम्रो सम्पर्कमा आइन् भने, उनको ब्यक्तिगत विवरण गोप्य राखेर अनुसन्धान गर्छौं ।’ उनले भने । ‘अस्ति भर्खरपनि यस्तै घटनामा एक युवतीलाई हामीले उद्दार गरेका छौं ।’ उनले भने ।

डेजाबु क्लब राजधानीका अन्य डिस्को क्लबहरु मध्ये धेरै चल्ने महंगो क्लबमा पर्दछ । यसका सञ्चालकहरुमा चर्चित क्रिकेट खेलाडी पृथु बास्कोटा, नायिका साम्राज्ञी लक्ष्मी शाहका प्रेमी मयंक खड्का, जयन श्रेष्ठ, विशाल डाँगी, मिलन श्रेष्ठ, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र रितेश माडवाडी लगायत रहेका छन् ।

गत मंसिर अन्तिम साता अमेरिकाका चर्चित डिजे मार्समेलो आउने भनि महंगोमा टिकट बेचेको आयोजकले अन्तिम समयमा मार्समेलो नआउने बताएपछि आक्रोशित समूहले डेजाभू क्लबमा तोडफोड गरेका थिए ।

प्रतिव्यक्ति ५ हजार दरको महंगो टिकट काटेर मार्समेलोको प्रस्तुति हेर्न सयौं समर्थक राति डेभाजू पुगेपनि अन्तिम समयमा आयोजकले मार्समेलोलाई नल्याएपछि डेजाभू तोडफोड भएको थियो ।

सो काण्डमा प्रहरीले क्लबका सञ्चालकहरु जयन श्रेष्ठ, विशाल डाँगी, मिलन श्रेष्ठ, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र रितेश माडवाडीलाई पक्राउ गरेको थियो । मार्समेलोलाई ल्याउने भन्दै उनीहरुले ७ हजार जनालाई महंगोमा टिकट विक्री गरेका थिए । यी मध्ये अहिले केहिले क्लब छाडेका छन् ।

कानुनले के भन्छ ?

कुनै महिलालाई काममा लगाउने वहानामा छुने, गलत नियतले हेर्ने, द्विअर्थी शब्द प्रयोग गर्ने गरेको पाईए त्यस्तो ब्यक्तिलाई साईवर क्राईम अन्र्तगत कारवाही हुने ब्यवस्था छ । कार्यस्थलमा कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरूपयोग गरी, कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा यौनजन्य दुव्र्यवहारको कुनै कार्य गरे वा गराएमा यौनजन्य दुव्र्यवहारको कसुरु गरेको मानिने ब्यवस्था कानूनले गरेको छ ।

यसलाई निवारण गर्न राज्यले ‘कार्यस्थलमा हुने यौनजन्य दुर्ब्यहार (निवारण) ऐन, २०७१’ जारी गरिसकेको छ ।

उक्त ऐनले, यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा, अश्लिल तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य, अन्य सुचना प्रविधि, साधन प्रयोग वा प्रदर्शन गरेमा, लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा, यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा, यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा त्यस्ता कार्यलाई यौनजन्य दुव्र्यवहारको कसुर मानेको छ, जसमा यौनजन्य दुव्र्यवहार गरेको ठहरेमा निजलाई कसूरको प्रकृति हेरी छ महिनासम्म कैद वा पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।

राजधानीमा चलेका ठूला डिस्कोबार तथा नाईट क्लबहरुमा खुलेआम यौन कृयाकलाप भएपनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । प्रहरीले समयसमयमा त्यस्ता क्लब तथा डिस्कोमा छापा मारी यौन कृयाकलापमा संलग्नलाई पक्राउ गरेपनि फितलो कानुनी ब्यवस्थाका कारण उनीहरु सजिलै उम्कँने गरेका छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *