विराट गोल्डकपकाे पाँचौ संस्करण आजदेखि सुरू

मोरङ, चैत १७ । विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण शनिबारदेखि सुरु हुँदैछ । विराटनगरको शहीद मैदानमा आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ६ बजे देखि सुरु गरिने तयारी छ ।

उद्घाटन खेलमा अयोजक मोरङ ११ र थिम्पु फुटबल क्लब, भुटान भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । नेपाल बाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको  मोहम्डन स्पोर्टिङ क्लब प्रतियोगितामा सहभागी छन् ।

भुटान र भारतको दुईवटा क्लबसहित मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, संकटा क्लब, झापा–११ र  मोरङ–११ गरी आठ वटा फुटबल टिमले भाग लिने विराट गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटनको अवसरमा १२ वर्ष मुनिका ५० खेलाडीसँग राष्ट्रिय स्तरका खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार राशिको नगद पुरस्कारसहित कप प्राप्त गर्ने छन् ।

प्रत्येक दिनहुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कारसहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिने रिजालले बताउनुभयो ।

प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार राशिको पुरस्कार प्रदान गरिने जनाइएको  छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *