पत्रकारलार्इ दुर्ब्यहार गर्ने प्रचण्ड पुत्री दाहालले यसरी माफी मागिन्

चैत्र १६। भरतपुर । भरतपुर महानगरमा भएको पत्रकारमाथि भएको अभद्र व्यवहार अबदेखि नदोहोर्याउने महानगर प्रमुख रेनु दाहालले प्रतिबद्धता गरेकी छन् ।

महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । महानगरपालिकाले नेपाल पत्रकार महासंघसँग आयोजना गरेको संयुक्त छलफल कार्यक्रममा महानगरका प्रमुख रेनु दाहालले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिने भन्दै दुःख प्रकट गरिन् ।

गत चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र बुझाउने क्रममा पत्रकारहरुलाई नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले गालीगलौजसहित पत्रकारलाई दुर्ब्यहार गरेका थिए ।

वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले घटनाप्रति दुःख प्रकट गर्दै नियोजित नभएर आवेशमा आएको बताए । उनले भने, ‘यतिबेला म आवेशमा आएर पत्रकारलाई ठेस पुग्ने शव्द प्रयोग गरेँ । म माफी माग्छु ।’

छलफलमा महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले अबका दिनमा समाचार संकलनमा सहज वातावरण सिर्जना गर्न आग्रह गर्दै यस्ता घटना नदोहोर्याउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *