चैत्र महिना भित्रमा माग पुरा गर्न सरकारलाई डा.केसीको यस्तो चेतावनी

काठमाडौँ, चैत १६ । त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क कायम गर्नुपर्ने भन्दै डा. केसीले माग सहित विज्ञप्ति जारी गरेका छन् ।

त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ केसीले आफ्नो चारबुँदे माग पुरा नभए अनसन बस्ने चेतावनी सहित सरकारलाई चैत्र महिनाभित्र आफ्नो माग पुरा गरिनुपर्ने बताएका छन् ।आफ्नो मागहरु यही चैत्र महिना भित्र पुरा नभए पुन: सत्याग्रह सुरु गर्ने उनको विज्ञप्तिमा उल्लेख छ ।

उनले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गर्न माग गरेका हुन् ।

चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ गरी त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिन र सबै निकायका दोषी पदाधिकारीहरुलाई कारवाहीको गर्न समेत डा। केसीले माग गरेका छन् । साथै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरिन पनि डा।केसीले माग गरेका छन् ।

त्यस्तै त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायमा गर्नुपर्ने र प्रधानन्यायधीस गोपाल पराजुलिमाथि छानविन गरेर उचित कारवाही हुनुपर्ने उनको माग रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *