प्रधानमन्त्री अाेलीको भारत भ्रमणको घोषणा

चैत १६ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २३ गते भारत भ्रमणमा जाने सार्वजनिक गरिएकाे छ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् ।

ओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् र २५ गते फर्कने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच हुने भेटको समय सार्वजनिक गरिएको छैन ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् । अाेलीकाे भ्रमण टाेलीमा काेकाे जानेछन् टुँगाे लागेकाे छैन । प्रधानमन्त्री कार्यलय स्राेतका अनुसार अाजभाेली नै भ्रमण दलकाे टुंगाे लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *