एनसेल टावरमा आगजनी, विप्लवका दुई कार्यकर्ता पक्राउ

झापा, चैत १६ । बुद्धशान्ति–२ खतिवडा चोकमा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । उनीहरुलाई टावरमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङ रहेका छन् ।

उनीहरुले गरेको आगजनीबाट एउटा जेनेरेटर, टावरमा रहेको तार जलेर नष्ट भएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि बिहीबारै इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *