पत्याउनु हुन्छ ? एउटा देश छ, जहाँ मान्छेभन्दा सुँगुरको सङ्ख्या दोब्बर

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो, युरोपेली देश डेनमार्कमा मान्छेभन्दा सुँगुरको सङ्ख्या दोब्बर बढी पुगेको छ । युरोस्टाटको रिपोर्ट अनुसार डेनमार्कमा हरेक १ सय जना मानिसको तुलनामा २ सय १५ वटा सुँगुर छन् ।

युरोपमा मानिसको अनुपातमा सुँगुर र मानिसको अनुपात बढी भएको दोस्रो देश नेदरल्याण्ड हो । नेदरल्याण्डमा हरेक १ सय मानिसका लागि ७० वटा सुँगुर रहेका छन् ।

त्यस्तै स्पेनमा हरेक १ सय मानिसका लागि ६३ वटा सुँगुर र बेल्जियममा हरेक १ सय जना मानिसका लागि ५४ वटा सुँगुर रहेका छन् ।युरोपियन तथ्याङ्क एजेन्सी युरोस्टाटका अनुसार युरोपियन युनियनका सबै देशमा गरी मानिसको जनसङ्ख्या १५ करोड छ भने सुँगुरको जनसङ्ख्या ८ करोड ९० लाख छ ।

युरोपेली युनियनका देशहरूमा रहेका ८ करोड ९० लाख सुँगुरमध्ये ४० प्रतिशत स्पेन र जर्मनी गरी दुई देशमा रहेका छन् । त्यस्तै फ्रान्स, डेनमार्क, नेदरल्याण्ड र पोल्याण्डमा पनि सुँगुरको सङ्ख्या उच्च छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *