इटहरीमा पुनः १२ वर्षिय बालिका सामुहिक बलात्कारकाे शिकार, एक पक्राउ

चैत्र १६, सुनसरी । सुनसरीकाे इटहरीकी एक १२ वर्षिय बालिका बलात्कृत भएकी छिन् । केहि महिना अघि बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै पुन अर्को सामुहिक बलात्कारको घटना सार्वजनिक भएको हाे ।

इटहरी–१३ खनारकी सुस्त मनस्थिति रहेकी एक बालिकालाई ३ जनाको समुहले सामुहिक बलात्कारको घटना सार्वजनिक भएको छ। घटना परीवार जनका सदस्यले उजुरी गरेपछि सार्वजनिक भएको हो ।

गएको मंगलबार सुनसरीको इटहरी स्थित खनार वडा नम्बर १३ की १२ बर्षीया सुस्त मनस्थितीकी बालिकालाई ललाई फकाई ५० रुपैँया दिएर ३ युवाले सामुहिक बलात्कार गरेका छन् । स्थानिय स्कुलमा एलकेजीमा अध्ययनरत  ती बालिकालाई सोही गाउँका ३ युवाले बलात्कार गरेकाे बुझिएकाे छ ।

तीन युवाहरूले १२ वर्षिय ती बालिकालार्इ खानेकुरा किनिदिन्छु भनेर गहुँ बारीमा लगेर बलात्कार गरेकाे खुल्न अाएकाे इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय बहादुर राउतले मकालु खबरलार्इ जानकारी दिए ।

इप्रका इटहरीले सामुहिक बलातकारमा संलग्न ३ युवा मध्ये एक अविनास सरदारलाई पक्राउ गरेको छ । उसले बलात्कार गरेकाे स्वकारीसकेकाे र घटनामा संलग्न अन्य दुर्इकाे पहिचान खुलिसकेकाे र फरार रहेकाे डिएसपी राउतले बताए ।  पिडित बालिकाको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पिडित वालीका लाई उपचार पछि घरमा  राखिएको छ ।

पिडित बालिकाकी बुवा चन्दन सरदारले घटना सार्वजनिक भएपछि पिडकका आफन्त तथा स्थानियले समाज बसाएर घटना मिलाउन दवाव दिएको बताए। पिडक मध्येका एकका बुवा दनालाल सरदारले पैसामा केस मिलाउन दवाव दिएको चन्दन सरदारले बताए । ‘पैसा दिन्छाैं, उजुरी फिर्ता गर भनेर जवरजस्ती गर्दैछन् ।’ उनले भने ।

पिडित बालिकाकी हजुरआमा सरस्वती सरदारनीले बिहिबार विहान पनि गाउँमा समाज बसाएर गाउँघरकाे कुरा गाउँमै मिलाउनु पर्ने भन्दै दवाव दिएकाे बताइन ।सुस्त मनस्थिती रहेकी बालिकालाई युवाहरुले फकाएर नजिकैकाे गहुँ बारीमा लगेर बलात्कार गरेको पिडित बालिकाकी आमा मिना कुमारी सरदारले बताइन ।

सरदार समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पिडित परिवारलाई घरभित्रकाे घटना घरमै मिलाउन भन्दै टाेलमा केहि बुज्रुकहरूले चर्काे दवाव दिएका छन् । टाेलका अगुवा भनिएका जोखन सरदारले बलात्कारको घटना गाउँमै मिलाउन दवाव दिएको बुझिएकाे छ ।

बलात्कार जस्ताे जघन्य अपराधमा संलग्न जाे काेहीलार्इ पनि उन्मुक्ति नदिने इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय बहादुर राउतले बताए । उनले पक्राउ परेकालाई म्याद थप गरी कानुनी कारबाही अगाडि बढि सकेको जानकारी दिँदै कसैले अार्थिक प्रलाेभन दिएर घटना मिलाउन खाेजे त्यस्तालार्इ समेत नछाडिने बताए । ‘बलात्कार जस्ताे जघन्य केसमा कसैले डर त्रास र अार्थिक प्रलाेभन दिएर घटना मिलाउन खाेज्छ भने, त्यस्तालार्इ पनि पक्राउ गरेर कारवाही चलार्इन्छ ।’ उनले मकालु खबरलार्इ भने ।

एक महिना अघि पनि इटहरीमा एक बालिका बलात्कारको घटनालाई गुपचुपमा मिलाइएको घटना सार्वजनिक भएको थियो । सो घटनामा जिल्ला प्रहरी कार्यलयका सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षककाे समेत संलग्नता भएकाे पुष्टि भएपछि गृह मन्त्रालयले उनिहरूलार्इ निलम्बन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *