कक्षा ८ को आजको परीक्षा स्थगित

ताप्लेजुङ, चैत १६ । ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ ।

आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ । सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै सञ्चालन गरेकाले स्थगित गर्नुपरेको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिनुभयो ।

बिहीबार स्वास्थ्य तथा शारीरिक शिक्षा, नैतिक शिक्षा विषयको परीक्षा हुने कार्यतालिका थियो । निरौलाका अनुसार पेशा व्यवसाय तथा प्रविधि विषयको अर्को प्रश्न पत्र तयार गरी चैत २० गते बिहान ११ बजे परीक्षा सञ्चालन गर्ने तयारी भएको छ भने लिटल बुद्ध बोर्डिङ स्कूलमा स्वास्थ्य तथा शारीरिक शिक्षा नैतिक शिक्षा विषयको समेत नयाँ प्रश्न पत्र बनाई चैत १८ गते परीक्षा लिइनेछ । बाँकी विषयको परीक्षा भने कार्यतालिकाअनुसार नियमित हुने जनाइएको छ ।

जिल्लाका सबै विद्यालयमा एकै प्रकारको प्रश्नपत्र तयार गरी चैत ८ गतेदेखि सञ्चालन भइरहेको परीक्षा चैत १७ गते सम्पन्न हुने कार्यतालिका थियो । यता लिटल बुद्ध बोर्डिङ स्कूलले भने भुलबस आज हुने विषयको परीक्षा बिहीबार हुन गएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *