पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प

काठमाडौं, चैत १६ । पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण इन्गा राज्यमा कम्तिमा पनि एक सय जनाको ज्यान गएको छ ।

त्यहाँ आएको ठूलो पहिरोले गाउँ नै बगाएको बीबीसीले जनाएको छ । केही ठाउँमा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । यसअघि गएको फागुन १४ गतेको ७ दशमलव ५ रेक्टर स्केलको भूकम्पले थलिएको पपुवान्यूगिनीमा फेरि अर्को भूकम्प आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *