आइपिएलको तयारीमा जुटे सन्दिप लामिछाने, टिमसँग पहिलोपटक मैदानमा

काठमाडौं, चैत १६ ।  इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपालबाटै पहिलो पटक सहभागिता जनाउने सौभाग्य पाएका सन्दिप लामिछाने पहिलोपटक आफ्नो टिमका खेलाडीहरुका साथ मैदानमा उत्रिएका छन् ।

उनले बिहीबार आफ्नो टिम ‘दिल्ली डेयरडेभिल्स’ का खेलाडीहरुसँग मैदानमा अभ्याससमेत गरे । प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भीरलगायत अन्य खेलाडीहरुसँग सन्दिप निकै उत्साहित हुँदै मैदानमा फिटनेश अभ्यासमा सहभागी भएका हुन् ।

दिल्ली डेयरडेभिल्सले आफ्नो पहिलो म्याच ८ अप्रिलमा किंग्स इलेभेन पञ्जावसँग खेल्दैछ । सन्दिप उक्त म्याचमा मैदानमा उत्रिने हुन् या होइनन् भन्नेमा धेरै नेपालीहरुको चासो छ ।

सन्दिपलाई यतिबेला उनको टिमले निकै महत्व दिएको छ । नेपालका लागि उनले खेलेका पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण दिल्ली डेयरडेभिल्सले उनलाई निकै महत्व दिएको हो ।

दिल्ली डेयरडेभिल्सले सन्दिपका अनुभव र प्रतिक्रियालाई भिडियो क्लिपमार्फत सार्वजनिकसमेत गरेको छ । सन्दिपले आफू निकै उत्साहित भएको र टिमसँग घुलमिल गरिरहेको बताएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *