व्यवस्थापिका संसद र कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं, चैत १६ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सरकारका विभिन्न अध्यादेशका विषयमा छलफल हुनेछ ।

त्यस्तै आजै कर्णाली प्रदेशको प्रदेशसभाको बैठक पनि बस्दैछ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधी विधेयक दर्ता गरेसंगै संसद सचिवालयले बैठक आह्वान गरेको हो ।

एक महिनापछि आज दिउँसो १ बजे बैठक आह्वान गरेको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले आर्थिक कार्यविधि विधेयकसंगै अन्य विधेयकहरु संसद सचिवालयमा दर्ता गर्दैछ । बैठकमा कर्णाली प्रदेश सभा नियमावली २०७४ समेत संसदमा पेश हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *