अनिश्चितकालिन शैक्षिक हड्तालसहितको आन्दोलन घोषणा

काठमाडौं, चैत १६ ।  शिक्षा ऐन नवौं संशोधनको विरोधमा ३ प्रमुख विद्यार्थी संगठनहरुले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । अनेरास्ववियु, नेवीसंघ र अनेरास्ववियु(क्रान्तीकारी)ले अनिश्चितकालिन शैक्षिक हड्ताल सहितको कार्यक्रम घोषणा गरेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले आज बिहान ८ बजे देशभरका कलेजअगाडि प्रदर्शन तथा एक घण्टा चक्काजाम गर्ने, ११ बजे माइतीघर मण्डलामा बृहत प्रदर्शन र चक्काजाम गर्ने जनाएका छन् ।

यस्तै मागको सुनुवाई नभएमा भोलि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने कार्यक्रम रहेको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिनुभयो । लाखौं विद्यार्थीको भविष्य अन्धकारमय बनाउने गलत मनसायले शिक्षा ऐनको नवौं संशोधन ल्याइएको तीनवटै संगठनको ठहर छ ।

विज्ञप्तिमा अनेरास्ववियुको तर्फबाट अध्यक्ष लामा, नेवीसंघ अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि ऐन संशोधनको विरोध तथा आउँदो चैत २३ गतेका लागि शिक्षक सेवा आयोगले तोकेको अस्थायी शिक्षकहरुको परिक्षा स्थगित गर्न विद्यार्थीहरुले शिक्षा मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *