टर्कीले दियो यस्तो चेतावनी, निर्यात व्यापारमा झट्का लाग्ने सम्भावना

नयाँदिल्ली, चैत १६ । टर्की सरकारले नेपाली धागोमा दिँदै आएको भन्साररहित सुविधा रोक्ने चेतावनी दिएको छ ।

एक्रोलिक यार्न (पोलिस्टर र फाइबर कच्चा धागो) नेपाली उद्योगहरुको क्षमताको तुलनामा अस्वभाविक परिमाणमा निकासी भएको सम्बन्धमा आवश्यक छानबिन र समस्या समाधानका लागि तदारुकता नदेखाएको भन्दै टर्कीले भन्सार सुविधा रोक्ने चेतावनी दिएको हो ।

स्रोतका अनुसार नयाँदिल्लीस्थित टर्की राजदूतावासले नेपाली धागोलाई दिँदै आएको भन्सार सुविधा कुनै पनि बेला हटाउन सक्ने चेतावनी अनौपचारिक रुपमा नेपाली पक्षलाई दिइसकेको छ ।

टर्कीले त्यो सुविधा हटाएको खण्डमा सिथिल बन्दै गएको निर्यात व्यापारलाई अर्को झट्का लाग्नेछ । टर्की नेपाली धागोको सबभन्दा ठूलो बजारमध्ये पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *