लोकतान्त्रिक गठबन्धनको जित आर्थिक समृद्धिको जित

मङ्सिर १५, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले लोकतान्त्रिक गठबन्धनको विजयले मूलकलाई आर्थिक समृद्धितर्फ लैजाने बताएका छन् ।

मकवानपुरको गढी गाउँपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले २१आै शताब्दीमा लोकतान्त्रिक व्यवस्थाको विकल्प हुनै नसक्ने बताए ।

“सर्वसत्तावादी चिन्तन र मान्यता जनतालाई स्वीकार्य हुन सक्दैन, जनताको सपना र चाहना लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव भएकाले आउँदो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई नेपाली मतदाताले विजयी गराउने छन्” उनले भने ।

सभामा मकवानपुर प्रदेश (क) का उम्मेदवार धर्म लामिछानेले लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *