१० लाख मुल्य बराबरको मोबाईल चोरी

धरान, चैत १५ । सुनसरीको धरान बजार स्थित थ्री जी मोबाईल पसलमा चोरी भएको छ । महेन्द्र कुमार सोनीको घरमा सटर भाडा लिई बसेका दिपेन्द्र भटटराईकोे पसलमा विभिन्न कम्पनीका ३५ थान मोवाईल चोरी भएको हो ।

१० लाख मुल्य बराबरका ३५ थान मोबाइल चोरी भएको  ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

चोरले बुधबार राती २ बजेतिर चोरी गरेको सिसी क्यामेराको फूटेजमा स्पष्ट देखिएतापनि चोरको अनुहार सिसी क्यामेरामा स्पष्ट पहिचान भइनसकेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएका छन् । अनुसन्धानका लागी सुरक्षामा खटिएका गार्डलाई समेत लगेर अनुसन्धान गरिरहेको प्रमुख पौडेलले बताए ।

पसलमा ५ हजार रुपैयाँदेखी ३० हजार रुपैयाँ सम्मको मोबाइल, सोनी कम्पनीको एउटा डिजिटल क्यामेराका साथै ओपो, जीयोनी, तथा सामसुङ कम्पनीको मोबाइल चोरी भएको पसल सञ्चालक दिपेन्द्र भटटराईले बताएका छन् ।

धरान बीच बजारको केन्द्र भागमा रहेको पसल चोरी हुनुले धरानको बजारको सुरक्षाको स्थिती उजागार भएको घरधनीको भनाइ छ ।

बजारमा सुरक्षाको लागि उद्योग बाणिज्य संघ सुनसरीले लाखौ खर्च गरेर जडान गरेको सिसी क्यामेरा विग्रेको लामो समय वितिसक्दा समेत त्यसको मर्मतमा स्थानिय सरकार तथा उद्योग वाणिज्य संघले चासो नदिएको स्थानीयले बताएका छन् ।

यस अघि अमित अग्रवालले सोही घरको सटरमा सञ्चालन गरेको मोबाईल पसलमा समेत चोरी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *