चिठ्ठा परेको भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ, चैत १५ । चिठ्ठा परेको र चिठ्ठामा परेको सामान विमा र धरौटि रकम तिर्नु पर्ने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको दिल्लीबाट भाइबर तथा म्यासेन्जरमा फोन, म्यासेज गरेर चिठ्ठा पर्यो भन्दै ठग्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–२ घर भइ हाल ललितपुरको सानेपा बस्दै आएका २९ वर्षीय रेवतकुमार खाती, इमालडोल बस्दै आएका ३२ वर्षीय महेशकुमार पाण्डे र २९ वर्षीय रोशन विक रहेका छन् ।

उनीहरुले चिठ्ठामा परेको समान तथा नगद भारतमा रहेको बताउँदै चिठ्ठा वापतको सामान तथा नगद लिन विमा र धरौटी रकम तिर्नु पर्ने भन्दै पीडितसँग रकम माग गरेका थिए ।

त्यसरी पीडितले पठाएको रकम उनीहरुले आईएमइमार्फत बुझ्ने गरेको खुलेको प्रहरीले बताएका छन् । उनीहरुले नेपालबाट रकम सङ्कलन गरेर भारतमा रहेका मुख्य एजेन्टलाई पठाउने गरेको खुलेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *