नक्कली डाक्टरबाट बिरामीकी आफन्त महिला बलात्कृत

काठमाडौं, चैत १५ । आफुलाई गंगालाल ह्दयरोग केन्द्रका डाक्टर बताउने एक ब्यक्तिले आमाको उपचार गर्न आएकी महिलामाथि बलात्कार गरेका छन् ।

पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले आफु पनि डाक्टर रहेको र उपचारमा सहयाग गर्ने बताएर झुक्याएर ति महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले आफुलाई जबर्जस्ती करणी गरेको भन्दै कोइराला विरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी छन् । उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

उनी यसअघि नेपाली सेनाको कर्मचारी रहेको पनि खुलेको छ । त्यहाँ पनि उनले जबरजस्तीकरणी मुद्दामा परेर बर्खास्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *