यस्ता छन् कुकुरको व्यवहारले दिने अशुभ संकेतहरु:

“कुकुरलाई मानिसको पुरानो साथी मानिन्छ । मानिसले कुकुरलाई घरको रक्षकको रुपमा मान्ने कारणले गर्दा कुकुर पाल्ने चलन रहेको छ ।  कुकुर अद्भुत प्राणि हो । यसले कुनै घटना हुन थालेको पूर्वजानकारी पाउँछ । कुनै घटना हुने चाल कुकुरबाट बुझ्न सकियो भने दुर्घटना टार्न समेत सकिने शास्त्रविदहरु बताउँछन् । कुकुरसँग यस्तो कुरा थाहा पाउने छैठौं इन्द्रिय हुने विश्वास समेत गरिन्छ ।

यस्ता छन् कुकुरको व्यवहारले दिने संकेतहरु:

कुकुर लडिरहेको

तपाइँ घरबाट निस्केर कतै जाँदा बाटोमा कुकुर आपसमा झगडा गरिरहेको र लडिरहेको देख्नु भो भने यो अशुभ संकेत हो । त्यो दिन तपाइँको काम हुने सम्भावना न्यून हुन्छ । कुकुर आपसमा लड्नुलाई अशुभ संकेत मानिन्छ र यसले तपाइँको दिन पनि खराव हुने संकेत गर्छ । तपाइँले कुनै विवाद वा अपमानको सामना समेत गर्नु पर्ने हुन सक्छ ।

प्लास्टिक दाँतले टोकेको

तपाइँले घरुबाट निस्कँदा कुकुर भोकाएर खानेकुरा खोजिरहेको अवस्थामा भेट्नु कुनै अनौठो कुरा होइन । तर कुनै पनि कुकुरले दाँतमा प्लाष्टिकको पोको च्याँपेर हिँडेको छ भने चाँहि यो अशुभ मानिन्छ । यसले तपाइँलाई उक्त दिन समस्या पर्ने संकेत गर्छ । तपाइँले गर्न आँटेको काम अर्को दिनलाई सार्नु उपयुक्त हुन्छ या अघि बढ्नै परे केही पानी पिएर मात्र अघि बढ्नु राम्रो मानिन्छ ।

मैथुन गरेको

यदि घरबाट निस्किने समयमा कुकुरले यौन क्रिडा गरिरहेको देख्नु भो भने पनि अशुभ मानिन्छ । यस्तो दृष्य देखेको दिन काम बन्दैन । उल्टै झन्झट आइलाग्छ ।

हड्डी वा ढुंगा टोकेको

कुनै पनि कुकुरले मुखमा हड्डी वा ढुंगा टोकेर हिँडेको देख्नु भो भने बुझ्नुस् अशुभ हूँदैछ । शास्त्रमा यस्तो दृष्य देखेपछि झन्झट आइलाग्ने र काम विग्रने उल्लेख छ ।

घरकै कुकुर

घरबाट निस्कने समयमा तपाइँले घरमा पालेको कुकुर भुक्ने वा यता उता दौडिन थाल्यो भने बुझ्नुस् तपाइँ बाहिर ननिस्किनु नै उपयुक्त हुन्छ । त्यसैगरी कुकुरहरु जम्मा भएर भुक्न थालेपनि भने कुनै विपत्तिको संकेत गर्छ । यस्तो हुँदा छिमेकीसँग झगडा पनि हुन सक्छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *