शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, माघ ९ । अमेरिकाको आलास्कामा ७ दशमलव ९ म्याग्नीच्युटको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति साढे नौ बजे भूकम्पक गएको बीबीसीले जनाएको छ ।

भूकम्प लगत्तै स्थानीय प्रशासनले त्यहाका नागरिकलाई सर्तक हुन आग्रह गरेको छ । भूकम्प गएपछि त्यहा सुनामी आउन सक्ने भन्दै नागरिकलाई सर्तक हुन आग्रह गरिएको हो ।

यसैबीच,  इन्डोनेसियाको राजधानी जाकार्तामा आज बिहान ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

विस्तृत विवरण आउन बाँकी छ । भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण पश्चिममा १० किलामिटर गहिराईमा रहेको इन्डोनेसियाली भू–गर्भ विभागले जानकारी दिएको छ ।

भूकम्पपछि ठूलो सङ्ख्यामा सेना र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =