२२ दिन सार्वजनिक बिदा कटौती गर्ने सरकारकाे निर्णय, अब ८९ दिन मात्रै रहने

काठमाडौं, चैत १५ । सरकारले २२ दिन सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

सरकारको यो निर्णयसँगै अब २०७५ सालमा सार्वजनिक बिदा ८९ दिन मात्रै रहनेछ । अघिल्लो वर्ष १०४ दिन बिदा रहेको थियो । सबैलाई हुने गरी ६९ सार्वजनिक बिदा र र्धम, सम्प्रदाय र क्षेत्रका लागि २२ दिन बिदा दिने निर्णय गरिएको बताइएको छ । मन्त्रीपरिषदको निर्णयबाट १० वटा आंशिक र १२ वटा बिदा पूर्ण कटौती भएको छ । सरकारले समृद्धिको लक्ष्य लिएको र त्यसका लागि कार्य गर्ने दिन बढाउन जरुरी रहेकाले यस्तो निर्णय गरिएको राज्यमन्त्री बास्कोटाले बताउनुभयो ।

०७५ सालभरी हुने सार्वजनिक बिदा हेर्नुहोस् :

मन्त्रिपरिषद्को निर्णय अनुसार २०७५ सालमा लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवसलगायतका दिनमा दिइने सार्वजनिक बिदा कटौती भएको छ । यसैगरी, हरेक वर्ष १६ माघमा शहीद दिवसका दिन दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती भएको छ । यस्तै, घटस्थापना, द्वादशी, कोजाग्रत पूर्णिमा, रामनवमी, श्रीकृष्ण जन्माष्टमीलगायत बिदाहरू कटौती भएका छन् । सार्वजनिक बिदा कटौती गर्ने सरकारको यो निर्णयको धेरैले स्वागत गरेका छन् । हिजो साँझ मन्त्रीपरिषदको बैठकपछि यो निर्णय सार्वजनिक भएलगत्तै फेसबुक, टुइटर लगाएतका सामाजिक सञ्जालमा सरकारको यो निर्णय सकारात्मक भएको धेरैले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *