हिन्दी फिल्ममा हिरो हिरोईन बनाइदिने भन्दै १० लाख ठगी

काठमाडौँ, चैत १४ । आफु भारतीय फिल्म् को डाइरेक्टर भएको र नेपाली कलाकारहरुलाई हिन्दी फिल्म् का लागि छनौट गर्ने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले उक्त ठगीजन्य कार्यमा संलग्न मध्ये विजय ठाकुर र करिष्मा बोहरा (त्रिवेदी) लाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।फरार रहेका युवराज त्रिवेदीको भने खोजतलास लगायतका अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत सिलगडी जलपाईगुडी घर भएका २४ वर्षीय विजय ठाकुर र कैलाली लमकी चौरी घर भई हाल भारत पुना बस्ने २५ वर्षीय करिष्मा बोहरा (त्रिदेवी) रहेका छन् ।

उनीहरुले ललितपुर सानेपा स्थित चन्दन झाले सञ्चालन गरेको KTM प्रा.लि. मा सम्पर्क राख्न आई आफुहरु भारतीय फिल्म डाईरेक्टर भएकोले नेपाली कलाकारहरुलाई हिन्दी फिल्मका लागि छनौट गरी फिल्म खेलाउने भनी KTM प्रा.लि.को सरसामान प्रयोग गरी १० जना नेपालीहरुबाट नगद समेत लिई ठगी गरेको महोत्तरी सान्धा – २ घर भएका चन्दन झाले बताएका छन् ।

चन्दन झाको सम्पर्कमा पुगेका विजय ठाकुर लगायत ३ जनाले आफुहरुले बनाउन लागेको फिल्मको लागि नेपाली कलाकारहरु समेत प्रयोग गर्ने योजना भएको हुँदा नेपाली कलाकारहरुबाट काष्टिङ छनौट गर्ने भनी KTM प्रा.लि. सँग सहयोग लिई नेपाली महिला र पुरुषहरु ५० जनाको छनौट प्रकृया गरेका थिए ।

विजय ठाकुर समेत ३ जना र्‍याडिसन होटलमा खाई बसेको सम्पुर्ण खर्च, KTM प्रा.लि.का सामानहरु प्रयोग गरे बापत एम.सि. सर्भिस चार्ज र फिल्ममा खेल्न योग्य १० जनाबाट १० लाख २५ हजार ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *