वैशाख ५ पछि विकास र शिक्षामा एकैपटक अट्याक : प्रधानमन्त्री ओली

काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले विकास र समृद्धिका लागि यसअघि सिंगापुर र स्वीजरल्याण्डको नाम लिने गरेकोमा अव केही समय पछि नेपालको नाम लिन थाल्ने बताएका छन् ।

एमाले भात्रृ संगठन जिफन्टको सातौं महाधिबेसनको काठमाडौमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही वर्ष पछि नै नेपाल विश्वमै विकासको नमुना हुने दाबी गरे ।

‘केही समयपछि मानिसहरुले सिंगापुर र स्वीजरल्याण्डको हैन, नेपालको नाम लिन थाल्नेछन् । त्यसका लागि बैशाख ५ बाट विकास निर्माण र शिक्षामा एकैपटक अट्याक्ट हुदैछ’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने ‘ त्यसपछि सरकारको परिभाषा नै परिवर्तन हुन्छ ।’

विकास र सम्बृद्धिका लागि वर्तमान सरकार गठन भएको भन्दै उनले कम्युनिष्टहरुले भ्रम मात्रै छर्छन भन्ने भ्रम चिरेर सम्बृद्धि गर्छ भन्ने कुरा स्थापित गरिने दावी गरे ।

प्रधानमन्त्री ओलीले समाजमा जातजाती , समुदाय र धर्ममा खेल्न खोज्ने तत्वहरु अझै रहेको भन्दै होसियारपुर्वक एकतावद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताए । ‘सम्बृद्धिको बाटोमा अव सरकार गइसक्यो, जनताका आशा निराशाम परिणत गर्ने छैनौ । राजनीतिक स्वतन्त्रता मात्रै होइन लोकतन्त्रको जिवनपद्धती जनताले खोजेका हुन् नयाँ इतिहासको सुवात भएको छ । केन्द्रीकृत अधिकार गाउँगाउँमा पुगेको छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विकासको आधार पर्यटन पनि भएकाले आफुु यहि चैत २९ गते रारामा गएर पर्यटनको घण्टी बजाउने बताए ।

यस्तै उनले चन्दा उठाउनेले लोकतन्त्र मान्दैनौ भनेर केही हुनेवाला छैन भन्दै बर्तमान सरकार कसैलाई दमन गर्न नभई विकासका काम गर्न बनेको दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *