नेतालाई भन्दापनि पार्टीलाई जोगाउन लागेका छाै : कांग्रेस नेता सिंह

काठमाडौं, चैत १४ । कांग्रेसका नेता प्रकाशमान सिंहले कुनै विशेष नेतालाई भन्दापनि कांग्रेस पार्टीलाई जोगाउन आफूहरु लागिपरेको बताउनु भएको छ । बाँके जिल्ला नेपाल प्रेस यूनियनद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले अब नेपाली कांग्रेसलाई विधानसम्मत ढंगले चलाउनुपर्ने चुनौती रहेको बताउनु हुँदै अहिले पाटि बिधिबिधान सम्वत तरिकाले नचलेकाले यो दुर्गति ब्यहोर्नु परेको बताउनुभयो ।

यसका लागि सबै मिल्नुपर्ने उहाको भनाई छ । पत्रकार भेटघाटमा केबल बोल्नको लागि मात्र बोल्ने होईन सहि अर्थमा पार्टीलाई बलियो बनाउन विधि सम्वत लैजान आफुहरु लागि पर्ने मा जोड दिनु भएको छ ।

आफ्नो भनाईका क्रममा पार्टी सभापति शेरबहादुर देउवाप्रति केहि आक्रोश व्यक्त गर्दै सिंहले पार्टी सभापतिले विधानको मतलब नगरी आफ्नो नजिकको व्यक्तिलाई संरक्षण गर्दै आउनुभएको छ । अब त्यस्तो हिसाबले नचल्ने पार्टी सभापति सबैको सभापति बन्न आफुहरुको धारणा रहेपनि उहाँ आफ्नो गुठको सल्लाहमा मात्र चलेको र सरकारमा हुँदा दिनानुदिन अलोकप्रिय निर्णय गरेकाले यस्तो अवस्था आएको उहाँको भनाई छ ।

वाम गठबन्धनको साम्यावादी व्यवस्था ल्याउन उद्घोष गरेको अवस्थामा सर्वोच्च अदालतको पछिल्लो घटना र प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूकहाँ ल्याएकोमा त्रास उत्पन्न गराएको उहाँले बताउनुभयो । कुनैपनि अधिनायकवादी व्यवस्थासंग कांग्रेस नझुक्ने भन्दै गुण र दोषको आधारमा सरकारको समर्थन र बिरोध रहने बताउनु भएको छ ।

हाल केन्द्रीय समिति बैठक जारि रहेकाले चुनावी समिक्षाका अतिरिक्त पार्टी सुधारकोलागि विधिवत महत्त्वपूर्ण निर्णय हुने समेत बताउदै नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप जुनकुनै बहानामा आफु हरुलाई स्विकार्य नहुने समेत बताउनुभयो ।

अब पाटि संगठनलाई बलियो बनाउदा मात्र बाम गठबनदनसंग लढ्न सकिने भएकाले सोहि अनुरुप संगठन निर्माणमा जुट्न पाटि कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभएको छ । नेपाल ट्रेड युनियन बाँकेको जिल्ला अधिबेसनमा सहभागि हुन अाज सिंह बाँके पुग्नुभएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *