एसईई परिक्षार्थी गौरीकला रोकायको हत्यामा प्रहरी पनि संलग्न

सुर्खेत, चैत १४ । मंगलबार बाबियाचौरमा मृत भेटिएकी एसईई परिक्षार्थी गौरीकला रोकायको हत्याको रहस्य खुलेको छ । सोही ठाउँको तीन जना मिलेर उनको हत्या गरेको खुलासा भएको हो ।

उनको हत्यामा संलग्न रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दैलेख घर भइ अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोला रहेका छन् ।

उनीहरुले गौलीकलाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । तर परीक्षाको तयारीमा रहेकै बेला उनी मंगलबार डेरामा मृत भेटिइन् । लगत्तैको प्रहरी अनुसन्धानबाट रोकायाको हत्या भएको रहस्य खुलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *