अछाम: २ जना पैसा लुटेरा पक्राउ

अछाम, चैत १४ । अछाममा २ जना लुटेरा पक्राउ परेका छन् । सोमबार साँझ मंगलसैनमा से १ ज ६०५ नम्बरको बोलेरो गाडिलाई तोडफोड गरी गाडिमा सवार केहि व्यक्तिबाट २ लाख ५० हजार रुपैया लुटेर फरार रहेका मंगलसैन नगरपालीका ५ का २३ बर्षिय गणेश खत्री र मंगलसैन ३ का धर्मेन्द्र बोगटिलाई हिजाे मंगलबार पक्राउ गरिएको हो ।

उनिहरुलाई चौखुट्टेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । लुटेरालाई जिल्ला अदालत अछामबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । धनगढिबाट एनसेलको रिचार्ज कार्ड विक्रि गर्न अछाम आएको एक टोलिबाट उक्त रकम लुटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *