एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित

काठमाडौं, चैत १४ । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग २–१ गोलअन्तरले पराजित भएको छ । कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपालले यमनसँग पराजित भएको हो । जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ ।

समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन उपविजेता बन्दै एसियन कपमा छनोट हुँदा नेपाल र ताजिकिस्तान भने बाहिरिए । खेलमा यमनले सुरुवाती अग्रतामा लिएको थियो । तर पहिलो हाफको अन्तिम समयमा नवयुग श्रेष्ठले गोल गरेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । ८३ औं मिनेटमा विराज महर्जनले डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा गोल गदैए यमनले खेल जितेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *