मन्त्रिपरिषदको बैठक आज बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल केन्द्रित

काठमाडौं, चैत १४ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल हुनेछ । भ्रमणका एजेण्डा र कार्यतालिका आजको बैठकले तय गर्नेछ । चैत २३ गतेदेखि भ्रमण हुने भनिएपनि सरकारले सार्वजनिक गरेको छैन ।

बैठकमा सार्वजनिक विवादका विषयमा पनि छलफल हुनेछ । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दैछ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले आज मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्दैछ । प्रस्ताव पारित भए सरकारले दिँदै आएको २२ दिनको सार्वजनिक बिदा १५ दिनमा झर्नेछ । आगामी नयाँ वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवसलगायतका दिनमा दिने बिदा कटौती हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *