आज बुधबार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, चैत १४ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा ध्यान जानेछ भने शिक्षा सँग सम्बन्धित व्यापार व्यावसायमा लगानि गरि प्रसस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुँने समय रहेकोछ । शेयर बजारमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउँन सकिनेछ । बिहानको समय मध्यमय रहेकोले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

शुभ अंक —१

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ आफन्त तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले ठुला तथा बिशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा बिवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ ।

शुभ अंक — २

शुभ रंग —  निलो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुँनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुँनेछ । बिद्यामा सोचेजस्तै सफलता पाईनेछ । दाजुभाई तथा छिमेकि सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुँनेछ ।

शुभ अंक — ३

शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुँनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुँनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

शुभ अंक — १

शुभ रंग — खरानि

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानि गरि यथेष्ट लाभ लिन सकिनेछ । काम गरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुँनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले कुनै पनि काम सुरु नगर्नु नै राम्रो रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग —  रातो

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुँनेछ सचेत रहनुहोला । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुँनेछ भने माया प्रेममा घटपट हुँने योग रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँने तथा बिदेशमा हुँनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ । बिहानको समयमा गरिने व्यापार तथा कामहरु फस्टाएर जानेछ ।

शुभ अंक — २

शुभ रंग  — हरियो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुँने हुँनाले लगानि बढाउँन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — खैरो

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँने हुँदा अन्य काम गर्न सहज हुँनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ  भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ५

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुँनाले दिनभर जसो मन शान्त रहनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानि र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउँन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले कुनै पनि काम ध्यान दिनु होला ।

शुभ  अंक — ३

शुभ रंग —  पहेलो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानि हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवस्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

शुभ अंक —१

शुभ रंग — खरानि

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुँनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । पढाई लेखाईमा मन अलि बढि समय लगानि गर्दा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्काबिच मिलेर अगाडि बढ्न सकिनेछ । बिहानको समय राम्रो रहेकोले मामा तथा आफन्त बाट भनेजस्तो सहयोग पाईनेछ । आर्थिक स्थितिमा बलियो हुने योग रहेकोछ ।

शुभ अंक — २

शुभ रंग — निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सत्रु तथा प्रतिष्पर्धिहरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानिका स्रोतहर फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनि गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउँन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावलि पक्षबाट तपाईको काममा भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३

शुभ रंग — पहेलो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *