दुब्ली करिनाको ‘अस्थिपञ्जर ज्यान’

“सामाजिक सञ्जालमा यतिबेला भारतीय अभिनेत्री करिना कपुर ट्रोल बनेकी छन् । उनले गरेको कामको प्रशंसा होईन, उनको ज्यानको खिल्ली उडाईएको छ । स्लीम हुने चक्करमा करिनाले आफ्नो ज्यानमा हाडछाला मात्र बाँकी राखेकी छन् । उनको यो रुपलाई सामाजिक सञ्जालमा ‘अस्थिपञ्जर’ को संज्ञा दिइएको छ ।

हुन पनि तस्वीरमा करिना हदै दुब्ली देखिएकी छिन् । शरीरमा हाडहरु मात्र बाँकी रहे जस्तो । स्तन पनि सुके जस्तो । न अनुहारमा कुनै चमक छ । जिउको तुलनामा अनुहार ठूलो देखिएको छ ।

करिना कपुरले फेसन डिजाइनर मनीष मल्होत्राका लागि र्‍याम्प वाक गर्नुअघि यी तस्वीर खिचाएकी थिइन् । आइतबार सिंगापुरमा उक्त र्‍याम्प सकाएर उनी आफ्नो टीमसहित मुम्बई फर्किसकेकी छिन् ।

तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भए लगत्तै करिनाको ट्रोल सुरु भएको थियो । धेरैले उनलाई केही खान सुझाव दिएका छन् । उनको घााटीमा देखिएको हड्डी र सुकेको पेटको खिल्ली उडाइएको छ । कतिपयले उनी बुढी भएको टिप्पणी गरेका छन् ।

एक वर्षअगाडि छोरो पाएकी करिनाले सुत्केरी भएको दुई महिनापछि नै आफ्नो तौल घटाउन थालेकी थिइन् । फिल्म खेल्ने हतारोले उनले तौल घटाउन कडा एक्सरसाइज गरिन् । उनी अहिले बलिउडमा कमब्याकको तयारीमा छिन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *