गाई काटेको अभियोगमा पक्राउ परेका धरौटीमा रिहा

काठमाडौं, चैत १३ । राष्ट्रिय जनावर गाई काटेको अभियोगमा पक्राउ परेका तीनजनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१२ का तीनजना स्थानीयबासी अदालतमा धरौटी बुझाएर मंगलबार रिहा भएका हुन् ।

गत कात्तिक २७ गते राति गाई काटेको अभियोगमा फागुन १५ गते पक्राउ परेका म‌ंगलबहादुर ब्लोन रामबहादुर ब्लोन र कान्छीमाया ब्लोन धरौटी बुझाएर रिहा भएका हुन् ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलासले मंगलबहादुर र रामबहादुरसँग जनही एक लाख ८ हजार रुपैयाँ र कान्छीमायासँग ५४ हजार रुपैयाँ धरौटी माग गरेको थियो । अदालतको आदेशपछि धरौटी बापदको नगद जम्मा गरेर उनी तारेखमा रिहा भएका हुन् । मुद्दाको टुंगो नलागुन्जेल तीनैजनालाई अदालतले तारेखमा राखेको छ ।

हेटौँडा उपमहानगर-१२ पदमपोखरी रमन्टार निवासी गाईधनी ५५ वर्षीया कान्छीमाया तथा गाई काटेर खाएको अभियोगमा मंगलबहादुर र रामबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो ।

यही प्रकरणमा प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेर रिहा गर्न माग गरेकी थिइन् । तामाङले लडेर मरेको गाईलाई मारेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै तत्काल रिहा गर्न माग गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *