क्रि फिल्मका निर्माता सुवास गिरी प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत १३ । क्रि फिल्मका निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको फिल्ममा प्रयोग भएको ‘उकालीमा अघि अघि…’ बोलको गीत मूल रचनाकासँग अनुमति नलिइ प्रयोग गरिएको र प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै उजुरी परेपछि छानबिनका लागि प्रहरीले निन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले निर्माता गिरीलाई मंगलबार नियन्त्रणमा लिएको पुष्टि गरे।

‘सम्झना’ फिल्मका निर्माता शम्भु प्रधानले दिएको जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिलिपि अधिकारसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *