फोरम धरान नगर अध्यक्ष काङमाङ एमालेमा प्रवेश

धरान, चैत १३ । संघीय समाजवादी फोरम नेपालका धरान नगर अध्यक्ष पारस काङमाङ राई नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । मंगलबार नेकपा एमालेले धरान १५ स्थित सदन सभाहलमा एक कार्यक्रम आयोजना गरी काङमाङलाई पार्टी प्रवेश गराएको हो ।

पार्टी पवेश गर्नेहरुमा संघीय समाजबादी फोरम नेपालका धरान नगर अध्यक्ष पारस काङवाङ राई र सचिव अनुप देवान सहित अन्य सदस्यहरु रहेका छन् । एमाले केन्द्रिय सदस्य धर्मराज निरौलाले उनीहरूलाई पाटी प्रवेश गराए ।

अध्यक्ष राई यसअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरको उपमेयरका उम्मेदवार समेत भएका थिए । उनी एमालेकी मञ्जु भण्डारीसँग पराजित भएका थिए ।

उनीहरूसहित समाजवादी फोरमबाट अन्यलाई समेत पाटी प्रवेश गराएको नेकपा एमाले धरान उपमहानगर कमिटीेले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *