स्पर्स लघुवित्तको बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौँ, चैत १३ । स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयर निष्काशन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

स्पर्स लघुवित्तले २, ४०,००,००० रुपैयाँ ब राबरको २,४०,००० कित्ता साधारण शेयर (कर्मचारीहरु समेत) सर्वसाधारणमा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

यसै क्रममा लघुवित्तका तर्फबाट सजल खड्का र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।

हाल वित्तिय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रहेको छ भने सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी ८ करोड हुनेछ ।

हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *