डिपिएल क्रिकेटः महेन्द्रनगर युनाइटेडले भित्र्यायो दुई भारतीय खेलाडी

काठमाडौँ, चैत १३ । धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ ।

यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो ।

विष्टले दिल्ली डेयरडेभिल्सको टोलीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् । उनी दायाँ हाते ब्याट्सम्यान विकेटकिपर हुन् । उनले भारतमा दिल्लीबाट रणजी ट्रफीसमेत खेलिसकेका छन् ।

मेहरा अलराउण्डर हुन् । उनी बायाँ हाते स्पिन बलर र बायाँ हाते ब्याट्सम्यान हुन् । उनले पनि भारतको दिल्लीबाट रणजी ट्रफी खेलिसकेका छन् ।

महेन्द्रनगर युनाइटेडको कप्तानमा विनोद भण्डारी छन् भने प्रशिक्षकमा विनोद दास छन् । टोलीका अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आशिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षेत्री रहेका टिम व्यवस्थापक नीरज चन्दले जानकारी दिनुभयो । टोलीले आइतबारदेखि नै अभ्यास थालिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *