विदेशी राजदूतहरुलाई प्रधानमन्त्रीको घुमाउरो चेतावनी ‘हस्तक्षेप सह्य हुँदैन’

काठमाडौँ, चैत १३ । प्रधानमन्त्री केपी ओलीले नेपालमा रहेका विदेशी कुटनीतिज्ञहरुसँग सरकारको अन्तरर्राष्ट्रिय सम्बन्धबारे प्रष्ट पारेका छन् । सरकारको भावी योजना तथा नीतिका बारेमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले ब्रिफिङ गरेका हुन् ।

केही दिन अघि युरोपियन युनियनका प्रतिनिधिले नेपालको संविधान विपरित प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले सो प्रतिवेदन सच्याउन भनेको थियो ।
तर, सरकारको सुझाव विपरित ईयूले प्रतिवेदन सच्याउन नमानेपछि सरकारले विदेशी कुटनीतिज्ञहरुलाई नेपालमाथि वैदेशिक हस्तक्षेप सह्य नहुने चेतावनी दिएको छ ।

सोही सन्दर्भमा नेपालले विदेशी राष्ट्रहरुसँग अपेक्षा गरेको सहयोग र सम्बन्धका बारेमा प्रष्ट पार्न कुटनीतिज्ञहरुलाई बोलाइएको बताईको छ ।

परराष्ट्र मन्त्रालयले संयोजन गरेको उक्त कार्यक्रममा सुरुमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्दै सरकारले सबै देशसंग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखेको बताएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली जनताले वामपन्थीलाई दुईतिहाइ दिनुको कारण नै शान्ति र स्थायित्व भएको स्पष्ट पार्दै अधिनायकवाद नभई आफूहरु प्रजातान्त्रिक मुल्यमान्यताबाट पछि नहट्ने स्पष्ट पारेका थिए ।

त्यसपछि प्रधानमन्त्रीले सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गरे । प्रधानमन्त्रीले कुटनीतिज्ञहरुसँग नेपालमाथि अनावश्यक हस्तक्षेप नगर्न घुमाउरो चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *