अष्ट्रेलियाले रुसका कुटनीतिज्ञलाई देश निकाला गर्ने

काठमाडौं, चैत १३ । अष्ट्रेलियाले रुसका कुटनीतिलाई देश निकाला गर्ने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दोस्रो विश्वयुद्धपछि युरोपमा पहिलो पटक रासायनिक अस्त्रको प्रयोगबाट ’स्तब्ध पार्ने प्रकृतिको हमला’ गरिएको भन्दै दुईजना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिनु भएको हो ।

रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गर्ने मुलुकहरूमा पछिल्लो पटक अमेरिकासँगै अष्ट्रेलिया पनि थपिएको हो । यसअघि संयुक्त राज्य अमेरिका, क्यानाडा र युरोपका अरू मुलुकहरूले संयोजित प्रतिक्रियास्वरूप जासुसी गरेको आरोपमा सयभन्दा बढी रुसी कूटनीतिज्ञहरूलाई देशनिकालाको आदेश दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *