रौतहटमा तीनजना नक्कली निरीक्षक पक्राउ

रौतहट, चैत १३ । रौतहटमा तीनजना नक्कली निरीक्षक पक्राउ परेका छन् । रौतहटको गौर नगरपालिका वडा नम्बर ५ स्थित परीक्षाकेन्द्र बाल मन्दिर विद्यालयबाट प्रहरीले तीन जना नक्कली निरीक्षकलाई पक्राउ गरेको हो ।

गएको ८ गतेबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा(एसईइ) को तेस्रो दिन गणित विषयको परीक्षा चलिरहँदा परीक्षा केन्द्रभित्र अमर्यादित काम गर्न खोज्ने गौर नगरपालिका वार्ड नम्बर ३ का २४ वर्षीय धीरज कुमार श्रीवास्तव, ५ का २२ वर्षीय राहुल कुमार यादव र परोहा नगरपालिका वार्ड नम्बर २ का २८ वर्षीय उपेन्द्र यादवलाई परीक्षा सुरक्षाको लागि खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि कार्वाही प्रक्रिया अगाडी बढ़ाइएको प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *