कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, चुनावी समीक्षामा केन्द्रित

काठमाडौं, चैत १३ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । चुनावी समीक्षाका लागि भन्दै बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावमा किन पछि परियो भन्ने विषयमा छलफल भइरहेको छ ।

अधिकांश नेताहरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् । गत ९ गतेबाट जारी बैठकको सुरुमा संस्थापन पक्षका नेताहरूले चुनावी हार दोष सिंगो पार्टीले लिनुपर्ने र अब नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताएका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलापक्षका नेताहरुले हारको प्रमुख कारण नेतृत्व र नेतृत्वको कार्यशैली रहेको आरोप लगाइरहेका छन् । आज पनि नेताहरुले आफ्नो धारणा राख्नेछन् ।

हिजोका बैठकमा केही नेताहरुले लिखित धारणा समेत राखेका छन् । आजको बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *