एकीकृत पार्टीमा १० तहका कमिटी

काठमाडौं, चैत १३ । एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विद्यानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरनामा सहमति गरेको हो ।

दुवै पार्टीको नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमतिसमेत भएको छ ।  परिषदलाई महाधिवेशनअगावै नेतृत्व फेर्नेदेखि विधान परिवर्तन गर्ने सम्मको अधिकार रहने छ ।

दुई बर्षभित्र सम्पन्न हुने एकत महाधिवेशनअघिसम्म दुवै पार्टीका नेता व्यवस्थापनका लागि मात्र कार्यदलमा परिषद् बनाउने समझदारी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *