पुननिर्माणको कामलाई तिब्रता दिन देउवाको निर्देशन

काठमाडौं, असार २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःनिर्माणको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिकोे बैठकमा प्रधानमन्त्री देउवाले पुनःनिर्माणको कामले गति लिन नसकेको भन्दै कामलाई तीव्रता दिन निर्देशन दिनुभएको हो ।

बैठकले पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले आगामी वर्षका लागि पेस गरेको कार्ययोजना पारित पनि गरेको छ । पुनःनिर्माणका लागि आगामी वर्षका लागि १ खर्ब ४५ करोड रुपैयाँ बेजट पारित गरिएको हो । बैठकमा पुनःनिर्माणको काम प्रभावकारी हुन नसकेको भन्दै नेकपा एमालेले आलोचना गरेको थियो ।

बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भूकम्पपीडितले न्यायोचित राहत र किस्ता रकम पाउन नसकेको भन्दै कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले भौतिक संरचना, सम्पदाहरु र निजी आवास निर्माणले गति लिएको दाबी गर्नुभयो ।

उहाँले यस आर्थिक वर्षमा ४० हजार घर निर्माण भएको र आगामी दसैंसम्ममा १ लाख ५० हजार घर निर्माण गरिसक्ने लक्ष्य रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *