उपसभामुख तुम्बाहाङ्फेद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, चैत १२ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छिन् ।

उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।

उनी यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित थिईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *