अलैँची खेतिमा रमेकी छलीमाया थामी पुरस्कृत
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौँ, चैत १२ । अल्पसंख्यक थामी समुदायलाई नयाँ सोचका साथ व्यवसायमा संलग्न गराउन महत्वपूर्ण योगदान पुर्याएबापत छलीमाया थामीलाई ‘सामुदायिक उत्थानशीलताका लागि नेतृत्व पुरस्कार’ प्रदान गरिएको छ ।
दोलखा सोरुङखोलाकी थामीले देशभर रहेका ३० हजार थामी समुदायको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र हिमालय जागरण अभियानले संयुक्त रुपमा सो पुरस्कार प्रदान गरेकोे हो ।
छलीमायाले अलैँची खेतीमा एकीकृत व्यवस्थापनका साथै उत्पादन र वितरणमा महत्वपूर्ण भूमिका खेलेको युएनडिपीले विज्ञप्तिमार्फत जनाएको छ ।
युएनडिपीका राष्ट्रिय निर्देशक रेनउ मेयर र अभियानका संस्थापक लाउरेन्स ब्रमले थामीलाई पुरस्कार प्रदान गर्दै सामुदायिक सशक्तीकरण र वातावरणको दिगो व्यवस्थापनबाट दिगो विकास लक्ष्य हाँसिल गर्न सकिने धारणा राखे ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित