सवारी दुर्घटनामा परी १७ वर्षीय शाहको मृत्यु

पर्सा, चैत १२ । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी १७ वर्षीय युवकको मृत्यु भएको छ ।

गाउँपालिका वडा नं ५ महुवन नजिकै ना१त ८८३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा ना५१प २७७ नंको मोटरसाइकलमा सवार रहेका स्थानीय रत्न साह कलवारको मृत्यु भएको हो ।

बालुवा ढुवानी गर्ने ट्र्याक्टले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कलवारलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ भने ट्र्याक्टर र विन्दवासिनी गाउँपालिका–३ निवासी ट्र्याक्टर चालक दिनेश चौरसियालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *