“डीपीयलका विजेतालाई “”गोल्डेन बुट”””

काठमाडौँ, चैत ११ । धनगढीमा चैत १७ गतेदेखि धनगढी प्रिमियर लिग (डीपीएल) २० क्रिकेट प्रतियोागिता हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएका हुन् ।

आयोजकका अनुसार, डिपीएल खेलका सर्वोत्कृष्ट खेलाडीलाई गोल्डेन बुट प्रदान गरिने छ । प्रतियोगिताको प्रायोजन गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरले गरेको हो । किरण सुज म्यानुफ्याक्चरसँगको सम्झौता पछि उसले सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको प्रायोजकले जानकारी दिए ।

डीपीएलको सर्वोत्कृष्ट खेलाडी प्राविधिक समितिले चयन गर्ने बताएको छ । डीपीएलको प्लेयर अफ दि सिरिजलाई भने मोटरसाइकल उपहार दिने यसअघि नै घोषणा भइसकेको छ ।

सम्झौता अनुसार डीपीएलमा प्रायोजन गरेवापत गोल्ड स्टार जुत्ताले १६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गोल्डस्टारले ९ लाख रुपैयाँ नगद र बाँकी अन्य सहयोग गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *